महेश नेपाली
गत वर्ष असोज १९ देखि २५ गतेसम्म भएको अबिरल वर्षापछि आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा खानेपानीको मुहानै बगायो। मुहान बगाएपछि बागबजारमा पानीको हाहाकार भयो।
पानीको मुहान बगाएको डेढ वर्षपछि अहिले घरघरमै धारा पुगेको छ। ‘गत असोजको बाढीले पानीको मुहानसँगै हाम्रो खुसी पनि बगाएको थियो। हामीसँग नदीको दुषित पानी पिउनु बाहेक उपाय थिएन,’ स्थानीय सर्मिला शाहीले भनिन्, ‘अहिले आँगनमै धारा आएको छ।’
बागबजारको घरघरमा धारा पुगेपछि स्थानीय खुसी छन्। ६१ वर्षीया मुनकोइला शाही भन्छिन्– ‘गाउँमा धारा थिएन। भएकै मुहान पनि बाढीले बगाएपछि गाउँमा खानेपानीका साह्रै दुस्ख भए। अहिले घरमै पानीको सुविस्ता भयो। नदीको पानी पिउने बाध्यता हट्यो।’
पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ।
खोलाको पानी खाँदै आएका स्थानीयको घर–घरमा २४सैं घण्टा पानी आइरहेको हिमा–७ का वडाध्यक्ष विक्रम बहादुर शाहीले बताए। उनले भने, ‘आवश्यकता पहिचान गरी खानेपानीको समस्या सुल्झाउने सहयोगाी निकाय पेश नेपाल, प्लान नेपाल र पालिका हुन्।’
प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्वारा सञ्चालित (जलवायु उत्थान खानेपानी सरसफाई र स्वच्छता कार्यक्रम) मार्फत बागबजार खानेपानी योजना निर्माण गरिएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए।
उनकाअनुसार पेश नेपालबाट ६ लाख १४ हजार ५३०रुपैयाँ, हिमा गाउँपालिकाबाट ७३ हजार ६ सय ५२ र समुदायको श्रमदान ३ लाख १६ हजार गरी कुल १० लाख लगानीमा खानेपानी योजना निर्माण भएको गरिएको छ।
मंगबालर खानेपानी योजनाको उद्घाटन समेत गरिएको थियो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया