सनीराज शाक्य
सनातन धर्माम्बलम्वीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
मन्त्री किरातीले क्रिश्चियन धर्मसम्बन्धी दिएकाे अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले साेमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले मन्त्री किरातीकाे गैरजिम्मेवारी र गैरसंवैधानिक अभिव्यक्तिकाे विरुद्ध प्रदर्शन गरिएकाे उल्लेख गरेका छन्।
प्रदर्शनकारीहरुले ‘सुदन किराँती राजीनामा दे, सुदन किराती मुर्दावाद, गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर, विभेदकारी मन्त्रीलाई कारबाही गर, सनातन हिन्दु राष्ट्र कायम गर, गैरधार्मिक मान्छेकाे नियुक्ति बन्द गर’ लगायतका नारा लेखिएकाे प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
मन्त्री किरातीले गत बुधबार काठमाडाैँकाे एक सार्वजनिक कार्यक्रममा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधान विरोधी हुन्, संविधान नमान्ने देशद्रोही हुन्, उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर मन्त्री किरातीकाे चाैतर्फी विराेध भइरहेकाे छ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया