बिएल संवाददाता
माेरङ कारागारका एक कैदीकाे मृत्यु भएकाे छ। लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते काेशी अस्पताल लगेर भर्ना गरेकाे थियाे। उनकाे उपचारकाे क्रममा साेमबार बिहान मृत्यु भएकाे हाे।
मृतकका आफन्तले आफूहरूलाई समयमै जानकारी नदिइएकाे र उपचारमा लापरबाही भएका भएकाे भन्दै काेशी अस्पतालमा नाराबाजी गरेका छन्।
जिल्ला अदालत माेरङले लेनदेन ठगी मुद्दामा २०७८ मंसिर २० गते उनलाई १० महिना २२ दिनकाे कैद सजायकाे फैसला सुनाएकाे थियाे। उनकाे कैद भुक्तान आजै सकिँदै थियाे। कैद भुक्तान सकिने दिन उनकाे मृत्यु भएकाे हाे।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया