बिएल संवाददाता
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखेकाे छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेकाे उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे। आइतबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे हाे।
सन्दीपविरुद्धकाे मुद्दाको फैसला गर्न पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण देखाउँदै मिति सार्ने गरिएको थियाे। आइतबारबाट भने सुनुवाइ सुरू भएकाे हाे।
सन्दीपमाथि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। किशोरीको उजुरीपछि सन्दीप गत वर्षको असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।
सन्दीपलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गत वर्षकाे कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो। तर, त्यसको करिब तीन महिनापछि पुस २९ गते उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया