बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन्।
तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए। उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता विदेशिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताए।
त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गरेका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया