बिएल संवाददाता
अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन्।
केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी शुक्रबार लेखेकी छन्, ‘हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् !’
रोक्सी लैला नामकी जेठी छोरीको जन्म मङ्गलबार शाम साँझ ७:४९ बजे भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान ६ः०९ बजे जन्म भएको हो।
ह्याचरले भनिन्, ‘चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्ना भाइबहिनीहरूसँग छुट्टी मनाउनको लागि समयमा नै आइपुगे।’
आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। ह्याचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गरेकि छन्।
ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो। यो एक दुर्लभ जन्मजात अवस्था हो, जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ। उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ।
मे महिनामा नियमित आठ हप्ताको अल्ट्रासाउन्डका लागि अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनीसकेकी ह्याचरले यो पटक आफ्नो पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नो दुर्लभ दुई वटा गर्भाशयमा एक/एक वटा भ्रुण रहेको थाहा पाएकी थिइन्।
बर्मिङ्घमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा ह्याचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ।
ह्याचरका अनुसार सन् २०१९ मा बङ्गलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया