मङ्गलबार, १६ डिसेम्बर २०२५

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार बढीको आवेदन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। 

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखाले बताएकाे छ।

यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। 

अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!