मङ्गलबार, १६ डिसेम्बर २०२५

कर्णालीमा नेपाल नेत्रज्योति संघको नयाँ समिति

News Image
• • •

कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघको नयाँ समिति गठन गरिएको छ। नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशको दोश्रो अधिवेशनबाट नयाँ समिति गठन गरिएको हो। 

अधिवेशनले तिलक मल्लको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेकाे समितिका नवनिर्वाचित सचिव दिपेन्द्र विक्रम हमालले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार जुम्लाबाट सचिब सहित एक सदस्य निर्वाचित भएका छन्। सदस्यमा यान्जु टोमा तामङ्ग सदस्यमा निर्वाचित भएकी छन्। 

उपाध्यक्ष र सहसचिव सभापतिले मनोनीत गर्ने कार्यक्रम रहेको सचिब हमालले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!