बिएल संवाददाता
नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताएका छन्।
म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आज आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उनले निजी विद्यालयको योगदानको अवमूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुईथरि नागरिक उत्पादन गरेको बताए।
'एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनीयर, वकिल बन्ने छन्, अर्काथरि विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन', उनले भने।
नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रूपमा स्थापित गरे पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उनले बताए।
'संवैधानिक रूपमा रहेको व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने हो, तर कतिपय बालबालिका अझै विद्यालयको दायरा बाहिर छन्, गरिबी, पारिवारिक संरक्षणको अभावलगायत कारण बिचैमा विद्यालय छाड्ने चुनौती पनि छन्, यसतर्फ राज्य गम्भीर हुनुपर्छ', उनले भने।
पछिल्लो समय बालबालिका भर्ना दर ९९ प्रतिशत पुग्नु सकारात्मक रहेको बताउँदै उनले घर परिवार, समाज र सरकारले योग्य, दक्ष तथा स्वस्थ नागरिक उत्पादन गर्नका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेकामा जोड दिए। अध्ययनका लागि विदेशी मुलुकमा जाने लहरले विश्वविद्यालय, कलेज र विद्यालय रित्तिने जोखिम बढेको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थीले शिक्षा लिँदा देशमै योगदान गर्छु भन्ने अठोट लिनुपर्ने बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया