बिएल संवाददाता
बालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा काठमाडौँको नयाँ बसपार्कबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ का घर भइ नयाँ बसपार्कमा बस्ने २४ वर्षीय सुमन तामाङ रहेकाे नेपाल प्रहरीकाे मानव बेचबिखन ब्युरो जनाएकाे छ।
नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाकाे आधारमा ब्यूरोकाे टाेलीले तामाङलाई बुधबार पक्राउ गरेकाे हाे।
होटलहरूमा याैनजन्य कार्यमा लगाइएका ४ जना बालिकालाई उद्दार गरिएकाे ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए।
तामाङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र बालिकाहरूलाई साे कार्यमा लगाएबापत ग्राहकहरूबाट प्रतिव्यक्ति ५ देखि ७ हजारसम्म लिने गरेकाे प्रहरीले जनाएकाे छ।
बालिकाहरुलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाइ रेट निर्धारण गर्ने गरेकाे समेत प्रवक्ता पगेनीले बताए।
पीडित बालिकाहरुलाई ५ महिनादेखि होटलरगेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनकाे भनाइ छ।
प्रहरीका अनुसार उद्दार गरिएका ४ बालिकालाई अहिले सुरक्षित आवास गृहमा राखिएकाे छ।
पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया