बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताएका छन्।
यही मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ।
जसअन्तर्गत गुल्मीको वामीटक्सार आइपुग्नुभएका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताएका छन्।
'हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ', अध्यक्ष ओलीले भने, 'एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन।'
लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताएका छन्। आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दावी छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया