बिएल संवाददाता
म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ। यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आज दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए। सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको थियो।
बुधबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला परेका छन्। पुस २ गते भुरुङ तातोपानीबाट पोखरेबगरतर्फ मोटरसाईकलमा जाँदै गरेका घर्ती सम्पर्कविहीन भएका थिए।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी, घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्दा नौनिबगरस्थित कालीगण्डकी नदीको खोँचमा घर्तीको शव फेला पारेको सूचना अधिकारी झाले जानकारी दिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया