आइतबार, ०८ मार्च २०२६

मन्त्री किरातीकाे राजीनामा माग्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन (तस्बिरहरू)

मिनु गोले

मिनु गोले

काठमाडौं
News Image
• • •

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेका छन्।

मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले बिहीबार दिउँसाे पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले ‘सुदन किराँती राजीनामा दे, गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, गैरधार्मिक मान्छेकाे नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका छन्।

मन्त्री किरातीले बुधबार काठमाडाैँकाे एक सार्वजनिक कार्यक्रममा  ‘क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधान विरोधी हुन्, संविधान नमान्ने देशद्रोही हुन्, उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर मन्त्री किरातीकाे चाैतर्फी विराेध भइरहेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!