बिएल संवाददाता
विराटनगरमा आज भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो। चार जना घाइते भएका छन्।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।
घाइते चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ। घाइतेलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो।
आगलागीमा परी घाइते भएकालाई स्काई ट्रकमार्फत काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा पत्राचार गरेको थियो।
सेनाको स्काई ट्रक आएपछि घाइते विराटनगर-६ की ६० वर्षीया रीता सरदार, विराटनगर-६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामत र विराटनगर-६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौं पठाइएको हो।
सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो। आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो।
घटनास्थलमै मृत्यु भएकी एक महिलाको पहिचान खुलेको छैन। अर्का घाइते तथा कवाडी पसलका सञ्चालक ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।
आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया