बिएल संवाददाता
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले नै एनसेल शेयर खरिद-बिक्री प्रकरणकाे ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।
उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई कमजोर बनाउन खाेजेकाे बताए।
सभापति पोखरेलले याे काण्डमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषयलाई बङ्ग्याउन र जनतालाई भ्रम छर्ने कामको भएकाे समेत आरोप लगाए।
पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया