आइतबार, ०८ मार्च २०२६

पश्चिम चीनमा भूकम्प: १०० भन्दा बढीको मानिसको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

उत्तर-पश्चिम चीनमा सोमबार राती गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै अन्य २२० जना मानिसहरू घाइते भएको सरकारी सञ्चार माध्यमले जनाएका छन्।

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

अमेरिकी संस्था युएसजीएसले भूकम्प ५.९ म्याग्निट्युडको रहेको जनाएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनको गरिब इलाकाहरू मध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेकोले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!