आइतबार, ०८ मार्च २०२६

नवलपरासीका राज अधिकारी 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा दोस्रो

News Image
• • •

संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले आयोजना गरेको 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

नवलपरासीको बर्दघाट नगरपालिका -४ का २५ वर्षीया अधिकारीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दोस्रो भएका हुन।

'इयर अफ मिलेट्स' मा फोटोग्राफर राज अधिकारीले खिचेको तस्बिरले दोस्रो स्थान हात पार्न सफल भएको हो। उक्त प्रतियोगिता भने दक्षिण अफ्रिकाका फोटोग्राफर जोनाथन रिजले जितेका छन्।

प्रतियोगितामा ५८ देशका झन्डै ८००  फोटोग्राफर सहभागी थिए। जसमा कोदो संरक्षणमा महिलाको भूमिकाबारे खिचिएको तस्बिर दोस्रो स्थानमा पर्न सफल भएको हो। 

सांस्कृतिक र पौष्टिक महत्वको नगदे बाली कोदो नेपाली ग्रामीण परिवेशमा अभिन्न अंग बनेको र कोदो संरक्षणमा महिलाको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले फोटो क्याप्सनमार्फत् बताएका छन्।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षणमा काम गरिरहेका छन्। उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!