बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओली तीनहप्ते संकल्प यात्रा सकेर राजधानी (काठमाडाैँ) फर्किएका छन्। संकल्प यात्राकाे लागि गत मंसिर १४ गते बैतडीकाे झुलाघाट पुगेका ओली आइतबार साँझ काठमाडाैँ फर्किएका हुन्।
१८ दिने संकल्प यात्राकाे क्रममा ओली २६ जिल्ला पुगेका थिए। १७औँ दिनसम्म गाडी तथा पैदल यात्रा गरेर पाँचथर सदरमुकाम फिदिम पुगेका थिए। त्यहाँबाट भने स्वास्थ्य समस्याकाे कारण देखाउँदै उनी आज (आइतबार) बिहान हेलिकप्टरमार्फत् चिवाभन्ज्याङ पुगेका थिए। चिवाभन्ज्याङ पुगेर ओलीले राष्ट्रिय झन्डा फहराएर संकल्प यात्राकाे समापन गरेका थिए।
मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट संकल्प यात्रा सुरु गरेकाे एमालेले ३० वटा ठुला तथा दर्जनाैँ साना कार्यक्रम गरेका थियाे। त्यसक्रममा जनताका गुनासाहरु प्रत्यक्षरुपमा सुनेकाे एमाले नेताहरुले बताएका छन्।

‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया