बिएल संवाददाता
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ।
सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताएका छन्। उहाँका अनुसार मङ्गलबार एक सय ३२ ई–रिक्सालाई नियन्त्रणमा लिइएको छ।
नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई–रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई–रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन्।
'यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई–रिक्सालाई गुड्न दिइने छैन', प्रजिअ पोखरेलले भने, 'यातायातमा प्रक्रिया पुर्याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई–रिक्सा चल्ने अनुमति दिने छौँ।'
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई–रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई–रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई–रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताए।
उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो। नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई–रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताएका छन्।
करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई–रिक्सा गुडेको उनको भनाइ छ। हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई–रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया