बिएल संवाददाता
जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई कर्णाली प्रदेश सरकारले बीमा बापतको रकम हस्तान्तरणको प्रक्रिया सुरु गरेको छ।
मंगलबार नलगाड नगरपालिकाका ५६ जनामध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
उनका अनुसार प्रतिमृतक दुई लाखका दरले रकम वितरण गरिएको छ। अब क्रमशः सबै पालिकाहरूमा गएर अबको तीन चार दिनमै वितरण गरिनेछ।
कर्णाली सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ। मन्त्री जिसीले भने, 'एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ८ लाख रकम दिने गरेका छौँ।'
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया