मङ्गलबार, ११ नोभेम्बर २०२५

धनुषामा हराइरहेकी बालिका मृत फेला

सांकेतिक तस्बिर
• • •

धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सबैला नगरपालिका २ की ६ वर्षीया बालिका रेखा यादव मृत अवस्थामा फेला परेकी हुन्। 

उनी वडा नम्बर ६ कै सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ।

बुधबार दिउँसोदेखि हराइरहेकी बालिकाको शव हिजो (बिहीबार) साँ ७ बजे फेला परेको थियो। शवको प्रकृतिले घटना शंकास्पद देखिएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!