शनिबार, १४ फेब्रुअरी २०२६

सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण

News Image
• • •

नेकपा (एमाले)की सांसद भगबती चौधरी सवार गाडीमा आक्रमण भएको छ। बुधबार साँझ चौधरीको गाडीमाथि उदयपुरको चौदन्डीगढीमा गएराती साढे नौ बजे अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्। 

बुधबार नेकपा एमालेले ‘संकल्प यात्रा’का क्रममा उदयपुरको घुर्मीमा कार्यक्रम गरेको थियो। सोही कार्यक्रम सकेर पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा चौधरी सवार गाडीमाथि ढुंगा प्रहार भएको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास फुटेको छ। 

घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चौधरीलाई गृह जिल्ला पठाएको थियो। चौधरीमाथि कसले किन आक्रमण गर्यो खुल्न सकेको छैन। 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा पहिचान पक्षधरहरूले रोक्न खोजिरहेका छन्। 

पहिचान पक्षधरहरुले एमालेका नेताहरुलाई लक्षित गरी आक्रमण गर्दै आइरहेका छन्।

संकल्प यात्रालाई अवरोध गर्न खोजेपछि पहिचान पक्षधरका नेता गोपाल किरातीसहित १२ जनालाई प्रहरीले मंगलबार पक्राउसमेत गरेको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!