बिएल संवाददाता
पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ।
तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
उनका बुबा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै संगम २५ गतेदेखि सम्पर्कविहीन भएका थिए।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएको थियो।
सेती नदीमा हाम फालेको हुन सक्ने आशंकामा सेती नदीको बाँध खोलिन लागेको प्रहरीले जनाएको छ। प्रहरीले मध्याह्न १२ देखि ४ बजेसम्म बाँधभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया