बिएल संवाददाता
अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ। नाम्चेमा सञ्चालनमा आएको तेस्रो शाखा हो।
नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्राण्डको शोरुमको पहिलो खुम्बु आईसफल डा. लाक्पा गेलु शेर्पाले उद्घाटन गरे। हिमालयन आउटडोर प्रा.लि कोलम्विया ब्रान्डको नेपालको आधिकारिक बिक्रेता हो।
पदयात्री र हिमाल आरोहणीहरुलाई लक्षित गरेर नाम्चेमा शाखा सञ्चालन गरेको कम्पनीकी प्रबन्ध निर्देशक दिकिला शेर्पा लामाले बताइन् ।
हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले नाम्चे शाखा सञ्चालनमा ल्याएको उनको भनाइ छ।
कोलम्वियाको पहिलो शाखा सन् २०१७ मा ठमेल र दोस्रो शाखा सन् २०१८ मा पोखरामा सञ्चालनमा आएको थियो।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया