शनिबार, १४ फेब्रुअरी २०२६

राप्रपाको कार्यालय नभत्काउन उच्च अदालतकाे आदेश

News Image
• • •

उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय  नभत्काउन आदेश दिएकाे छ।

बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।

काठमाडौं महानगरपालिकाले राप्रपाको कार्यालय भवन मापदण्डविपरीत बनेको भन्दै डोजर लगाएर भत्काउने निर्णय गरेपछि त्यसका अदालतमा मुद्दा परेकाे थियाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!