टोपेन्द्र रोका मगर
नागढुंगा–नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको आइतबार तीन हप्ता भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका छन्।
चन्द्रागिरी नगरपालिका वडा नम्बर १ र २ का केही गाउँमा सुरुङ मार्गले पानीका मुहान सुकेको छ। जसले ६ सय बढी स्थानीय पानीका लागि संघर्षमा छन्। दुई वडामा ४ वटा डिपबोरिङ निर्माण भएका छन्।
तर पानीको संकटबाट भने स्थानीयले मुक्ति पाउन सकेका छैनन्। वडा नम्बर १ मा ७० घरधुरी र २ मा ५०० घरधुरी पानीको संकटमा छन्। जबकी पहिले यी वडामा घर–घरमा धारा, खोला–खोलामा पानीका मुल थिए।
यस्तैबीच सुरुङमार्ग निर्माण थालेपछि वडा नम्बर १ र २ मा घरहरू चर्किएको स्थानीय बताउँछन्। १ मा ६०–७० वटा र २ मा ९३ वटा घर चर्किएको छ। घर चर्किएर बस्न नमिल्ने भएपछि नागढुंगा सुरुङमार्ग आयोजनाले वडा नम्बर २ का ९ घरपरिवारलाई कोठाभाडामासमेत बसालेको छ।
पानीसँगै घरमासमेत क्षति पुगेपछि स्थानीयले सुरुङमार्गको ब्रेक–थ्रु गर्ने समयमा काम ठप्प पारिदिएका छन्। आयोजनासँग जग्गाको मुआब्जा, पानीको समस्याका विषयमा पटक–पटक स्थानीयले छलफल पनि गरिसकेका छन्। तर माग सम्बोधनमा पछि भन्दै आयोजनाले टार्दै आएको छ।
यस विवादमा भौतिक पूर्वाधार यातायात मन्त्रालयले सहजिकरणको भूमिका खेल्नु पर्ने हो। निवर्तमान भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले स्थानीयसँग छलफल पनि गरेका थिए।
तर समस्या हल हुन भने सकेको थिएन। सरकार परिवर्तन भएसँगै उनी पदबाट पनि मुक्त भइसकेका छन्।
हाल नवनियुक्त भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले यस विषयमा चासो लिएको पाइएको छैन। मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठ काम रोकिएको भन्ने जानकारी मन्त्रालयमा भएको बताउँदै अवरोध खुलाउने विषयमा थप जानकारी नभएको बताउँछिन्।
भिडियो–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया