मङ्गलबार, १५ सेप्टेम्बर २०२६

पशुपतिमा माेबाइल ‘क्रेज’ (तस्बिरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। 

महाशिवरात्रि पर्वकाे अवसरमा शुक्रबार बिहानैदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ।

भगवान् शिवको पूजा–आराधना गरी मनाइने यस पर्वमा बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनले दर्शन गरिरहेका छन्।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिएको छ।

पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

त्यही सजावटमा फाेटाे खिच्न, सेल्फी हान्न, टिकटक बनाउन भक्तजनहरू मस्त छन्।

तस्बिरहरू

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!