रविन भण्डारी
महाशिवरात्रि पर्वकाे अवसरमा पशुपतिमा भक्तजनको भीड लागेको छ।
भगवान् शिवको पूजा–आराधना गरी मनाइने यस पर्वमा बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनले दर्शन गरिरहेका छन्।
पशुपतिमा शिवरात्रिका लागि भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको पशुपति विकास कोषको अनुमान छ।
आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएकाे विकास कोषले जनाएकाे छ।
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ।
पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया