आइतबार, ०८ मार्च २०२६

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

Photo - Umesh Prasad Thani/facebook
• • •

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।

थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएकाे उद्योगमन्त्री रमेश रिजालले जानकारी दिए।

मन्त्री रिजालका अनुसार बुधबारदेखि लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्।

कार्यकाल सकिनु अघि नै उनले राजीनामा दिनुकाे कारण भने खुलाइएकाे छैन।

थानी २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा तीन वर्षका लागि नियुक्त भएका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!