बुधबार, ०९ सेप्टेम्बर २०२६

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु', सामाजिक सञ्जालमा उनले लेखेका छन्।

सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ।

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!