बिएल संवाददाता
परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ परेका सुनसरीकाे रामधुनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव गाैतम बिना जमानत रिहा भएका छन्।
वडा अध्यक्ष गाैतम र महिलालाई आइतबार दुवै परिवारकाे राेहबरमा बिना जमानत छाडिएकाे इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बिएल नेपाली सेवालाई बताए।
वडा अध्यक्ष गाैतम शनिबार परस्त्रीसँग धरान उपमहानगरपालिका– १२ स्थित शुभकामना होटलबाट रङ्गेहात पक्राउ परेका थिए। वडा अध्यक्षसँग हाेटलमा छिरेकी महिलाका श्रीमानले दिएकाे सूचनाकाे आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएकाे थियाे।
हाेटलमा छिरेका उनीहरुलाई महिलाकाे श्रीमानकाे आग्रहमा प्रहरीले एकरात छिसाे खाेरमा थुनेकाे थियाे। तर, वडा अध्यक्षकाे परिवार र महिलाकाे परिवारबीच मिलापत्र भएपछि उनीहरुलाई आइतबार छाडिएकाे छ।
वडा अध्यक्षलाई प्रहरीले श्रीमतीकाे जिम्मा लगाएकाे छ। भने, महिलालाई पनि माइतीकाे राेहबरमा श्रीमानले लिएर गएका छन्।
वडा अध्यक्ष गाैतम एमालेबाट निर्वाचित भएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया