बिएल संवाददाता
प्रतिगमणविरुद्ध मगर–थारु संयुक्त जनसभा हुने भएको छ। पछिल्लो समय राजतन्त्र, हिन्दुवादका विषयमा भइरहेको आन्दोलनकाविरुद्धमा पुस ७ गते दाङको राप्ती उपत्यकामा जनसभा कार्यक्रम हुन लागेको हो।
नेपाल मगर संघ र थारु कल्यानकारी सभा केन्द्रीय समितिको संयुक्त आयोजनामा जनसभा हुन लागेको नेपाल मगर संघका महासचिव टेकबहादुर नामजालीमगरले बताएका छन्।
संविधानका उपलब्धिहरुको रक्षा गर्दै भाषिक तथा साँस्कृति अधिकार प्राप्तीका लागि जनसभा गर्न लागिएको उनको भनाइ छ।
उनी लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा हुन लागेकाे जनसभामा जातीय अधिकार र पहिचानका लागि पनि भएको बताउँछन्।
साथै संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दयाले नआएको र नेपालीको बलीदानीले आएको भन्दै यसको रक्षा गर्नुपर्ने अवस्था आएको उनकाे भनाइ छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया