बिएल संवाददाता
बर्दियामा गाडीमा सुन बाकेर हिँडेका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानरपालिका–१९ राँझाका २९ वर्षीय मोहन विक र डुडुवा गाउँपालिका–५ बस्ने ३८ वर्षीय देबिन्द्र बहादुर घर्ती रहेका छन्।
उनीहरुलाई बर्दिया प्रहरीले बर्दियाको बारबार्दिया नगरपालिका–९ स्थित कतर्नियाघाटबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट स्रोत नखुलेको ३७७.०७१० ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए।
उनकाअनुसार विक सुनसहित हिँडेको सूचनापछि चेकपोइन्टमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको सुन भेटिएको थियो।
साथै प्रहरीले प्र–३–०१–०२३ ८१६८ नम्बरको हुण्डाई गाडी नियन्त्रणमा लिएको छ। गाडी घर्तीको रहेको प्रहरी निरीक्षक चौधरीले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया