बुधबार, १२ अगस्ट २०२६

लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि...

File Photo
• • •

काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ।

आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट सामान लिएर उडेको तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज ढोकाको सिसा खेसेकाे हाे। 

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका अनुसार उक्त जहाज लुक्लामा अवतरण गरिसकेपछि आपतकालीन ढोकाको सिसा झरेको देखिएको हाे।

जहाजमा क्याप्टेन अमृत गुरुङ र दुई यात्रु रहेको कार्यालयले जनाएकाे छ। जहाजकाे सिसा बीच बाटोमा झरेको आशंका गरिएकाे छ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!