बिएल संवाददाता
सुनसरीकाे रामधुनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव गाैतम परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ परेका छन्।
नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।
उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए।
उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ। ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन्।
एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया