बिएल संवाददाता
डोल्पाको माथिल्लो क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनीको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ।
शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।
कारबाहीमा परेका भारतीय पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला त्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्।
जिल्ला प्रशासन कार्यालयले प्रतिकूल मौसमका कारण माथिल्लो डोल्पामा हिमपात र जोखिमपूर्ण अवस्था आउन सक्ने भन्दै यसअघि नै सूचना जारी गरी पर्यटकलाई सचेत गराएको थियो। तर, उक्त सूचना र चेतावनीको बेवास्ता गर्दै आवश्यक अनुमति नलिइ यात्रा गर्दा उनीहरू हिमपातमा फसेका थिए।
कात्तिक १४ गतेदेखि हिमपातका कारण सम्पर्कविहीन भएका उनीहरूको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरेको थियो। मौसम प्रतिकूलता र हेलिकोप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो।
सोमबार बिहान हेलिकोप्टरमार्फत उनीहरूको सकुशल उद्धार गरिएको हो। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ।
प्रतिकूल मौसमको पूर्वसूचना र प्रशासनको चेतावनीलाई बेवास्ता गरी अनुमति नलिई जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्दा पर्यटक स्वयंको ज्यान जोखिममा पर्ने मात्र नभइ उद्धारमा समेत कठिनाइ हुने गरेको छ।
डोल्पा प्रशासनले पर्यटकीय क्षेत्रमा भ्रमण गर्दा आवश्यक अनुमति लिन र मौसमको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया