बिएल संवाददाता
चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ।
हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ।
हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ तथा बेलकोटगढी–७ रहेका छन्। यससँगै थप ३१ वटा ट्रान्सफर्मरसमेत चार्ज गरिएको छ।
विद्युत् आपूर्ति अझै पुनःस्थापित हुन बाँकी क्षेत्रमा विदुर–३ को बाँकी आधा भाग, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८ र विदुर–१० रहेका छन्।
ती क्षेत्रमा पनि चार्जिङ तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको बताइएको छ।
नुवाकोटमा विद्युत् आपूर्तिका लागि विभिन्न ६६ केभी प्रसारण मार्ग सञ्चालनमा छन्।
६६ केभी चपली–देवीघाट–१ सर्किटमार्फत त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ विद्युत् आपूर्ति हुँदै आएको छ।
त्यस्तै, ६६ केभी चपली–देवीघाट–२ बाट विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ।
६६ केभी बालाजु–त्रिशूली–१ मार्फत कालिका सबस्टेशन हुँदै रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ विद्युत् आपूर्ति भइरहेको छ।
६६ केभी बालाजु–त्रिशूली–२ बाट चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ विद्युत् आपूर्ति भइरहेको छ।
विद्युत् प्रणालीको करिब ९० प्रतिशत हिस्सा पुनःस्थापित भएसँगै नुवाकोटमा आपूर्ति अवस्था पहिलेको तुलनामा स्थिर र भरपर्दो बनेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया