बिएल संवाददाता
पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो।
साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ।
त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ६ लाख ५१ हजार ७६४ रुपैयाँ जम्मा गरेको छ।
गाउँपालिकाको ६८औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको १५ दिनको सेवासुविधा र कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु(दिपेन)का अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका रहेको २८ जना जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा वापतको एक लाख ७७ हजार ४५७ रुपैयाँ कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै गाउँपालिका भित्र रहेका १०२ जना कर्मचारीहरुको आफ्नो आधारभुत तलब मानको दश प्रतिशतले हुन आउने ३ लाख ७४ हजार ३०७ रुपैयाँ गरी ६ लाख ५१ हजार ७६४ रुपैयाँ कोषमा जम्मा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया