बिएल संवाददाता
रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘रियल–टाइम’ सीसी क्यामेरा जडान गरिएको छ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी एवम् विज्ञहरूसँग रसुवा–नुवाकोट लगायतका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए।
सो छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो।
सोही बैठकको निर्णयअनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा आज टिमुरेमा सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको हो। हाल उक्त प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। यो प्रणाली आज रातिदेखि नै सञ्चालनमा आउनेछ।
जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव र बाढीको अवस्था प्रत्यक्ष (रियल-टाइम) रूपमा अवलोकन गर्न सकिनेछ।
यसबाट प्राप्त दृश्य तथा तथ्याङ्कलाई विभागको २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ। विशेष गरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था अध्ययन गर्न, बाढीको सम्भावित जोखिम र घटनाको प्रारम्भिक पहिचान गर्न यस प्रणालीले सहयोग पुर्याउनेछ।
यसबाट समयमै सूचना प्रवाह गरी क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया