सोमबार, १४ सेप्टेम्बर २०२६

प्रधानमन्त्रीले लिन थाले सुरक्षा निकायका प्रमुखहरूसँग बिफ्रिङ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए।

उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालय जनाएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!