बिएल संवाददाता
नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्।
अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ।
एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ।
यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डा लगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन्। ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको बताइएको छ।
यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्।
अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ।
एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय नेपालीहरूबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ।
उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिनेछ।
नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएका छन्।
यसपटक पनि अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको सक्रियताले विपद्मा मातृभूमिप्रतिको उनीहरूको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा देखाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया