बिएल संवाददाता
चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले नेपालतर्फ हालसालै आएको विनासकारी बाढीको कारक मानिएको हिमपहिरोको कारण विश्वव्यापी तापक्रम वृद्धिको उल्लेख्य प्रभाव रहेको रिपोर्ट सार्वजनिक गरेको छ।
विशेषज्ञहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धिका कारण विश्वभरका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जसमा छिङहाई–तिब्बत पठारका हिमनदी पनि पर्छन्। हिमनदी पग्लिनु यस्ता भू–वैज्ञानिक विपद्का प्रमुख कारणमध्ये एक बनेको विज्ञहरूको भनाइ छ।
चीनले सञ्चालन गरिरहेको हिमनदीको अभिलेखीकरण तथा सर्वेक्षण कार्यले छिङहाई–तिब्बत पठारमा हिमनदीको निगरानी र पूर्वसूचना प्रणाली विकास गर्न महत्वपूर्ण आधार प्रदान गरिरहेको छ।
पछिल्लो ६० वर्षमा चीनले तीनपटक हिमनदी अभिलेखीकरणको काम पूरा गरिसकेको छ। तथ्यांकअनुसार छिङहाई–तिब्बत पठारमा पहिलो सर्वेक्षणका क्रममा हिमनदीले ओगटेको क्षेत्रफल ६१ हजार वर्ग किलोमिटर थियो। दोस्रो सर्वेक्षणमा यो घटेर ४४ हजार वर्ग किलोमिटरमा पुगेको थियो भने पछिल्लो तेस्रो सर्वेक्षणमा हिमनदीको क्षेत्रफल ३९ हजार वर्ग किलोमिटरमा सीमित भएको देखिएको छ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय विपद् तथा वातावरण संस्थानका निर्देशक शिचाङ काङले सीसीटीभीसँग कुरा गर्दै हिमनदी पग्लिनुको प्रत्यक्ष परिणामस्वरूप हिमतालको आकार र संख्या उल्लेख्य रूपमा बढिरहेको बताए।
उनका अनुसार निगरानीबाट प्राप्त तथ्यांकले हाल सम्पूर्ण छिङहाई–तिब्बत पठारमा करिब १४ हजार हिमताल रहेको देखाएको छ। ती हिमतालको कुल क्षेत्रफल १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी रहेको छ।
काङले भने, ‘हिमताल विस्फोट, हिमपहिरो तथा बरफ–चट्टान खस्ने घटनाले प्रायः एकपछि अर्को विपद्को शृंखला सिर्जना गर्छन्। हाल हिमालय क्षेत्रमा १०० भन्दा बढी हिमताल उच्च जोखिममा छन्।’
उनले यस्ता विपद् छुट्टै नहुने पनि बताए। उदाहरण दिँदै उनले तिब्बतको ग्यरोङमा भएको गेग्रानसहितको बाढीको घटनालाई उल्लेख गरे।
उनका अनुसार नेपालमा हिमपहिरो गएपछि त्यसबाट खसेको भागले नदीको बहावलाई सहजै अवरुद्ध गर्न सक्छ र त्यसबाट ताल बन्न सक्छ। यस्तो ताल फुटेपछि त्यसले थप विपद्को शृंखला निम्त्याउन सक्छ, जसले क्षतिको प्रभावलाई झन् बढाउँदै लैजान्छ।
काङले भने, ‘यस्ता भू–वैज्ञानिक विपद्को निगरानी, पूर्वसूचना तथा विपद् रोकथाम र नियन्त्रणका लागि यही नै प्रमुख चुनौती हो।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया