सोमबार, ०७ सेप्टेम्बर २०२६

सरकारी छाप दस्तखत किर्ते गर्ने ३ जना पक्राउ

News Image
• • •

सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापा गौरीगंज घर भइ ललितपुर बस्ने ३४ वर्षको सन्दीप कार्की, अर्घाखाँची सन्धिखर्क घर भइ बुढानिलकण्ठ बस्ने २५ वर्षकी संगीता मगर र नुवाकोटको बेलकोटगढी घर भइ गोंगबु बस्ने २० वर्षकी अंकिता नेपाल छन्।

पुतलीसडकस्थित पुष्पराज राईले संचालन गरेको प्यासन फाउन्डेसन कन्सल्टेन्सीमा सरकारी छाप दस्तखत किर्ते गरी नक्कली कागजातहरू तयार पार्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले छापा हानेको हो।

त्यहाँबाट प्रहरीले विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा स्कूलका कागजात, लेटरप्याड, छाप, ल्यापटप थान २ लगायतका सामानहरू बरामद गरेको छ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले बताए।

पक्राउ परेकाहरूविरुद्ध लिखतसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!