सोमबार, ०७ सेप्टेम्बर २०२६

लैनचौरस्थित जुवाखालबाट प्रहरीका सई सरोज गिरीसहित १६ जना पक्राउ

News Image
• • •

लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार बिहान प्रहरी वृत्त दरबारमार्गको टोलीले छापा हानेर १६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) सरोज गिरी समेत छन्।

सई गिरीसँगै काभ्रेका रेशमबहादुर घ्यावा, दोलखाकी हेमा गुरुङ, चितवनकी शान्ता लामा, काभ्रेका नवराज नेपाल, सिन्धुपाल्चोकका अमर तामाङ, सुमन गिरी र यसबहाहदुर तामाङ छन्।

नुवाकोटका रमन लामा, नुवाकोटकै नवीनकुमार लामा, सन्तोष डंगोल, मंगलबहादुर तामाङ, चिबहादुर लामा, सुजन तामाङ छन्। त्यसैगरी झापाका टिकाराम बराल, ललितपुरका उमेश चौधरी पनि पक्राउ परेका छन्।

सुजन तामाङ जुवाखाल चलिरहेको गाउँबेशी थकालीका सञ्चालक हुन्।

जुवाखालबाट १३ लाख १७ हजार १२५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरी वृत्त दरबारमार्गले थप अनुसन्धान अघि बढाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!