बिएल संवाददाता
नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन्।
नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनेछ। अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको छ।
नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ।
अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा ‘Elite Explorers Kanya Kumari Drive’ मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले Community Drive मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।
अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आमन्त्रण गरेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया