सोमबार, ०७ सेप्टेम्बर २०२६

काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

News Image
• • •

नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार र आइतबार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जनाएको हो।

शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान ८ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द हुने जनाएको छ।

यसैगरी, आज डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२ देखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

यस्तै, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटेल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!