आइतबार, ०९ अगस्ट २०२६

सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्छ– शंकर पाेखरेल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ जिम्मेवार हुनुपर्ने बताएका छन्। 

बुधबार बिहान तुलसीपुरस्थित होटेल ‘मेट्रो दरबार’मा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन्। 

भदौ २४ गतेको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकाले सुनसरी घटनामा पनि अहिलेका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ। 

उनले भने, ‘२४ गतेको घटनासँग जोडेर सुरक्षा निकायले बल प्रयोग गरेको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भनियो। सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वको हुन्छ भनेर तत्कालिक प्रधानमन्त्री र गृहमन्त्रीमाथि अभियोग लगाइयो। यो सरकारले आफ्नो समयमा भएको बल प्रयोगबाट भएका क्षतिका सन्दर्भमा उन्मुक्ति पाउन सक्दैन। या प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे गर्‍यौँ, नबुझीकन गर्‍यौँ भनेर माफी माग्नुपर्‍यो। त्यसो नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुपर्‍यो। दोहोरो मापदण्ड शासनमा हुँदैन।’

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!