बिएल संवाददाता
कपडाका थोक व्यापारी नवीन जिन्दलले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन्।
कामपा- ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट उनले हाम फालेकाे जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
बार्दलीबाट हाम फालेर घाइते भएका उनलाई उपचारका लागि स्तुपा अस्पताल बौद्ध लगिएको थियो। तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे।
उनको कोठामा विष फेला परेको प्रहरीले जनाएको छ। विष सेवन गरेर हामफालेको हुन सक्ने प्रहरीले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया