बिएल संवाददाता
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।
आत्मदाह प्रयास गर्ने युवक मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेको खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडित युवक पठाओ (राइड सेयरिङ)चालक रहेको खुलेको छ।
राहदानी विभागबाहिर पार्किङ गरेर राखेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ‘ह्वील लक’ लगाएको भेटिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार ह्वील लक गरिएपछि आवेगमा आएका युवकले आफ्नै मोटरसाइकलबाट पेट्रोल झिकेर शरीरमा खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी परिसरले भने ह्वील लक गरिएको भेटिएपनि घटनाको कारण त्यही नै हो वा होइन भन्ने पुष्टि भइनसकेको जनाएको छ।
शरीरको अधिकांश भाग जलेका नेपालीको वीर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको शरीर ६५ प्रतिशत जलेको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया