शुक्रबार, १७ जुलाई २०२६

बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नक्सालस्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन्।

उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरु बाल मन्दिरको कार्यसमितिमा बसेर काम गरेका सदस्य र सचिव हुन्। 

आरोपीहरूले बाल मन्दिरमा बालबालिकालाई भरणपोषण र शिक्षा दीक्षाको लागी प्राप्त रकम रकम हिनामिना गरेको आरोप छ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!